कर्णाली प्रदेशमा यो वर्ष ६ दिन सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली । कर्णाली प्रदेश सरकारले वि.सं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारको २०७९ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, चैते दशैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ।

यस्तै असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।