राष्ट्रिय सभा बैठकमा आज यस्ता छन् कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले समितीको प्रतिवेदन छलफलका लागि पेश गर्ने कार्यसूची छ।

उनले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यन्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने भएकी हुन्।

बैठकमा पूर्व सांसद तेजमान तुम्बहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।