प्रिमियर लिग : सिटीको सहज जित,चेल्सीलाई ब्राइटनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ३(१ गोल अन्तरले हराएको हो। सिटीको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सको नाममा एक गोल रह्यो। लेस्टरका केलिची इहानाचोले एक गोल फर्काए।

जितसँगै सिटीले ३० खेलमा ७० अंक जोडेको छ। सिटी दोस्रो स्थानमा रहेको छ। लेस्टर २५ अंक जोडेर १९ औं स्थानमा रहेको छ। 

गएराति नै भएको खेलमा चेल्सीलाई ब्राइटनले २-१ गोल अन्तरले हराएको छ। यस्तै टोटेनहमलाई बर्नेमाउथले ३-२ गोल अन्तरले हराएको छ भने उल्भ्सले ब्रेन्टफोर्डलाई २-०,  क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-० र फुलहमले एभर्टनलाई ३-१ ले हरायो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।