रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दबासिनीलाई सांसद् बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद निलम्बन गर्दै समानुपातिक सूचीमा नाम रहेका कंसाकारलाई सांसद् बनाउने निर्णय गरेको हो।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेपछि रिक्त स्थानमा कंसाकारलाई निर्वाचित गर्ने निर्णय हो । 

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।