ए डिभिजनमा आजदेखि आठौं चरणका खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगमा आज आठौँ चरणको खेल सुरु हुँदै छन्।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल च्यासल स्टेडियममा दिउँसो २ बजे सुरु हुनेछ।

मच्छिन्द्र सात खेलबाट नौ अंक जोड्दै तालिकाको नवौँ स्थानमा छ। खुमलटारविरुद्ध मैदान उत्रदा मच्छिन्द्र लिगमा लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। उसले अघिल्लो खेलमा संकटा क्लबलाई २–१ गोलले पराजित गरेको थियो।

खुमलटार सात अंकका सात दशौँ स्थानमा छ। पछिल्लो खेलमा उसले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो।

आजै हुने अर्को खेलमा जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्। यो खेल २ बजेनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

सातौ चरणको खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग तीन–तीन गोलको रोमान्चक बराबरी खेलेको थियो। नौ अंक जोडेको आर्मी आठौँ स्थानमा छ। १४ अंकका साथ जावलाखेल दोस्रो स्थानमा छ। यदि आज जित हात पारे जावलाखेल तालिकाको शीर्ष स्थानमा उक्लनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।