सुनचाँदीको बजारभाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । यस्तै तेजावी सुन तोलामा ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य शुक्रबार प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

संघले शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको थियो। आइतबार पनि यहि दरभाउमा कारोबार हुनेछ।

शुक्रबार सुनको भाउ स्थिर रहेकपनि चाँदीको भाउमा भने १५ रुपैयाँले गिरावट आएको थियो ।

लकडाउन यता सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले बढीसकेको छ।चाँदीको भाउ पनि तोलामा २३० रुपैयाँले बढेर ९५० रुपैयाँ पुगेकोमा अहिले १५ रुपैयाँ घटेर ९३५ मा कारोबार भैरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।