‘वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आयो, संघीयता खारेज गरौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश विदेशबाट ऋण लिएर संघीयता पाल्न नसकिने तर्क दिएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताए ।

उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’

उनले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।