आइपिएलमा चेन्नईसँग लखनउ पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ । चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो । 

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउमाथी चेन्नई १२ रनले विजयी भएको हो । चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सकेकाे  हाे ।  

दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नई २ अंकका साथ छैटौँ स्थानमा रहेको छ। पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।