उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवार रवि, स्वर्णिम र खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १० वैशाखमा तय भएको रिक्त तीन स्थानको उपचुनावमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा पार्टी अध्यक्ष लामिछाने  निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा पद खारेज गरेपछि उपचुनावमा हुन लागेको हो।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाएको हो।

बारा २ मा उम्मेदवार तय भएका खरेल गत ४ मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेर पराजित भएका थिए। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।