उपनिर्वाचनका लागि चैत १२ गतेसम्म दल दर्ताको समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।

आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप–निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, आयोगद्वारा प्रकाशित सूचनामा भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।