माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाका नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी भन्नेहरुको आलोचना गरेका छन्।

आइतबार आयोजित ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ को कार्यक्रममा सम्बोधन गर्दै चेतावनीको भाषामा उनले भने- ‘प्रचण्डजी के गर्नुहुन्छ, उहाँको कुरा। तर मैले के भनेको छु भने, माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ।

‘दुई-ढाई सय वर्ष नेपाली जनतालाई टाउकादेखि खुट्टासम्म लुटेर चुसेर अर्बौं सम्पत्ति थुपार्ने नेपालका सामन्त र फटाहहरु अपराधी र हत्यारा भएको भन्दै आफ्नो अधिकारका निम्ति विद्रोह गर्ने जनता अपराधी नभएको बताए।’

‘आफूहरु अपराधी नभएको, अपराधी बनाउन खोजिएको छ र व्याख्या गर्न खोजिएको छ, मैले भनेको छु- ती मान्छेहरु जनयुद्धमा भेटिएका भए सायद त्यहीँ सिद्धिन्थे’, उनले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।