‘एल क्लासिको’: एडरको आत्मघाती गोलमा रियल म्याड्रिड पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

एडर मिलिसाओको आत्मघाती गोलमा ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका थिए । यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।

रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ । दोस्रो लेग ५ अप्रिलमा हुनेछA

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।