बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड-देउवाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताले भेटघाट तीव्र बनाएका छन्। 

सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भेट्नुुअघि आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा माओवादी केन्द्र ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलले आ–आफ्नो दाबी रहेको बताउँदै आएका छन्। राष्ट्रपतिको निर्वाचनलाई लिएर बुधबार नै प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो। ​

कांग्रेसका सभापति देउवाले जसपा, लोसपा र एकीकृत समाजवादीका नेताहरूसँग भेट गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।