एमालेको उम्मेदवार नै राष्ट्रपति : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन्। एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। उनले भने, ‘एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ।’ एमालेले फागुन १३ गते उम्मेदबार फाइनल गर्ने उनले बताए। अध्यक्ष ओलीले भने, ‘मैले अहिले सम्म कसैको नाम लिएको छैन १३ गते नाम लिन्छु, १३ गते नै मनोनयन हुन्छ।’ 

अहिले राजनीतिक समीकरण जन्मदै एमालेले राष्ट्रपतिको उम्मेदवार दिने तय भएको उनले बताए। उनले भने, ‘राष्ट्रपति एमालेको हुने पजन्मकुन्डलमी मै छ।’ सत्तासाझेदार माओवादीले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई मत नदिने भन्ने संभावना नै नरहेको उनको दाबी छ। एमाले अध्यक्ष ओलीले भने, ‘यो सहमति सम्झेर, बुझेर गरिएको हो।’ माओवादीका नेताहरुले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई मत नदिने भन्दै बोल्दै हिँडिरहेका छन् नी भन्ने प्रश्नमा उनले भने,‘ सहमति अध्यक्षसँग भएको हो, कार्यकर्तासँगै हैन।’

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अहिले अलमलमा परेको बताएका छन्। २/४ जना मान्छे देख्नेवित्तिकै जोश आउने गरेको उनको भनाइ छ। उनले भने, ‘२/४ जना मान्छे देख्नेवित्तिकै पुरानै झल्को आउँदो हो।’ राजाले २४० वर्ष देश चलाएकाले अहिले राजनीतिक दलले काम गरेनन् भन्नु अनावस्यक तर्क भएको उनको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘राजाले २४० बर्ष देश चलाए,  देशलाई कहाँ पुर्याए, हामीले १५ वर्ष त हुदैछ।’ ज्ञानेन्द्र शाह आफै पोलिटिक्समा हिँडिरहेको एमाले अध्यक्ष ओलीको भनाइ छ।

यो पनि पढ्नुहोस  : 

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : महामन्त्री शर्मा

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।