जनमोर्चाले आज प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाउन लागेको छ ।

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने जान लागेको जनमोर्चाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।