माओवादी केन्द्रद्वारा वरीयता निर्धारण, जनार्दनभन्दा वर्षमान अघि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी र स्थायी समिति सदस्यहरूको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरूको वरीयता निर्धारण गरेको हो । 

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका छन् । 

त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरो, अग्निप्रसाद सापकोटा र पम्पा भुसाल क्रमश वरीयतामा परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् । 

उपमहासचिवको वरियतामा निर्धारण गर्दा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।