राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दसौँदी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।

सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार बनेका दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्।

प्रदेशसभातर्फ तीन मत बदर भएको छ। रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो । सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका थिए ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।