‘कांग्रेस पानीबिनाको माछा जस्तै भयो,देश अस्थिरतातिर लाने खेल हुन थालेको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेसमाथि प्रहार गरेका हुन्। ‘यो सरकार बनेदेखि देशमा उत्साह जागेको थियो। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ। यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ ।

नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उनले भने, ‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ।

उनले वर्तमान सरकाले नै अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउने जिकिर गरे । अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगत सरकारकै कारण मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।