हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त भएका हुन् । गजुरेललाई मन्त्रीसरहको सुविधा पाउने गरी प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले गजुरेलसहित सन्तु दराई परवानालाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकिय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भटटलाई पनि सचिवालयमा नियुक्त गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।