नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा आज बिहान साढे ९ बजे बैठक बोलाएका हुन् । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसमा दुईपक्षबीचको विवाद बढ्दै गएको छ। आइतबार मात्रै शेखर कोइराला समूहले आफ्नो गुटको भेला गर्दै देउवाको सो कदमको आलोचना गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।