मरणोपरान्त सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ मृत्युपछि सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रचण्डले अंगदानको घोषणा गरेका हुन्।

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।

कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सम्पूर्ण अंगदान गर्ने घाेषणा गरेका छन्।

गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड प्रदान गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।