आक्राेशित सीके राउतले जब संसद्को रोष्ट्रममै मौनधारण गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले संसद्‌को रोस्ट्रममै मौनधारण गरेका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधनका क्रममा राउतले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली दिन मौनधारण गरेका हुन् । 

राउतले रोस्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए । 

त्यसअघि राउतले थारू र मधेसी जनताको पक्षमा सरकार र सदनले काम गर्न नसकेको बताएका थिए । उनले कुनै निश्चित जात र वर्गको मुखौटोका रुपमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्न नसुहाउने बताए । 

थारू र मधेसीलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने उनको भनाइ थियो । यद्यपि आफूहरू सत्ता गठबन्धनमा रहेकाले सभामुख पदमा सत्ता पक्षका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।