प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उपसभामुखको निर्वाचन घोषणा गरेका हुन्। 

त्यस्तै, उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिए।

उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयले निर्वाचनका लागि आजै सूचना जारी गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।