हवाई सुरक्षामा गम्भीर भएर काम गर्छु : पर्यटनमन्त्री किराँती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी कोटाबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले मंगलबार मन्त्रालयमा पद वहाली गरेका छन्।आइतबार पोखरामा भएको विमान दुर्घटनाको प्रसंग कोट्याउँदै नवनियुक्त मन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गरिने बताएका हुन्।

उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन हरदम प्रयास गर्ने प्रतिबद्धता जनाए। पोखरामा भएको जहाज दुर्घटना सम्बन्धमा थप जानकारी लिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक डाकिएको उनले बताए। हवाई क्षेत्र असुरक्षित हुनुका कारण र यस क्षेत्रमा रहेका कमजोरीबारे  प्राधिकरणसँग जानकारी लिइने उनको भनाइ छ।

मन्त्री किरातीले देश शोकमा रहेकाले आफूलाई खादामाला नलगाइदिन र माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गरे। उनले आफ्नो एक महिने तलब रकमसमेत उक्त पेटिकामा राखिने सुनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।