काठमाडौं । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभामा सोमबार भएको मत विभाजनमार्फत समानुपातिक सांसद बागलुङकी थापा उपसभामुख बनेकी हुन् ।
गठबन्धनकी साझा उम्मेदवार थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत ३२ र प्रस्तावको विपक्षमा २६ मत परेको थियो ।
कांग्रेसबाट लमजुङकी पार्वती तामाङ उम्मेदवार थिइन् । पहिलो प्रस्तावकै पक्षमा बहुमत पुगेपछि तामाङलाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्ष–विपक्षमा मत विभाजन गर्नु परेन ।
गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल ३० पुसमा सभामुख निर्वाचित भएका थिए

Comment