‘मंसिर ४ को निर्वाचनपछि नेपाली राजनीति तीनजना भूतपूर्व प्रधानमन्त्रीको अखडा बन्यो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले सो टिप्पणी गरेका हु्न।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिर समेत गरे ।

उनले पूर्व प्रधानमन्त्रीहरूबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भए पनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनका बेला भनेको समेत स्मरण गराए ।

 ‘मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन प्रधानमन्त्रीले कुनलाई फल हाल्यो भन्दा बाहेक केही सुन्न पाइएको छैन।’ थापाले भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।