लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसँगै दुई मन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले बिहीबार देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।