काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।
कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। संसदीय दलको बैठकमा सभापति तथा दलका नेता देउवालेसरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने तयारी गरेका छन्।
कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि प्रतिपक्षमा बस्ने भएका छन्। कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष थियो। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा थियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा थिए। तर, पार्टीभित्र बहुमत सदस्यले विश्वासको मत दिनुपर्ने राखेपछि उनीहरुले असन्तुष्टि व्यक्ति गरेका हुन्।
Comment