जनमत पार्टी र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्नेगरी सहमति भएको छ ।

आइतबार आयोजित कार्यक्रममा राउत र श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन। 

उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्म रहेको छ । साथै, सर्वोच्च अदालतले सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने लगायत सहमति भएको छ । 

यस्तै, संघीय संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदालाई कार्यान्वयनका लागि एक भएर जाने पनि सहमति पत्रमा उल्लेख छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।