काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छङ सोङ काठमाडौं आइपुगेका छन ।
नव नियुक्त राजदूत सोङ कार्यभार सम्हाल्न आइतबार बिहान काठमाडौं आइपुगेका हुन । चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिना पछि सोङ काठमाडौं आएका हुन।
सोङ गत डिसेम्बर २७ मा नेपाल आउने तय भएपनि कोरोनाका कारण आउन रोकिएका थिए । सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ मानिन्छन् । यसअघि उनि चिनियाँ विदेश मन्त्रालयको एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए ।
Comment