काठमाडौं । संविधान संशोधन विधेयक आज संसदमा पेश गरिने भएको छ।
संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधन विधेयक पेश गरिने भएको हो ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्।
बिहान ११ बजे बस्ने बैठकमा मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूचीमा उल्लेख छ । सदनले अनुमति दिएपछि उहाँले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भूभाग समेटिएकाे नक्साअनुसार निशान छाप परिमार्जन गर्न ९ जेठमा साे विधेयक दर्ता गरेकाे थियाे । विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निशान छापमा साे नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
यसअघि बुधबारकाे प्रतिनिधि सभाका बैठककाे सम्भावित कार्यसूचीमा राखिएकाे संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम पछि हटाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा अाेलीले बाेलाउनु भएकाे सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयकबारे निर्णय गर्न केही दिन समय मागेकाे थियाे । त्यसैले विधेयक कार्यसूचीबाट हटाइएकाे थियाे ।
शनिबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको थियाे । याेसँगै विधेयक दुई तिहाइ बहुमतले पारित हुन सक्ने सम्भावना बढेकाे छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि संविधान संशाेधन विधेयकाे पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाे छ ।

 
		    		 About Us
                        About Us
Comment