नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।

आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दलकाे नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।

नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन् । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र ) नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।