विवेकशील साझाले माघमा महाधिवेशन गर्ने, कारबाहीमा परेकालाई पनि समेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । 

शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने भेलाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।