आइतबारदेखि पाटन दरबार परिसरमा अनुमतिबिना कार्यक्रम गर्न रोक, टिकटक बनाउन प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व सम्पदा क्षेत्रमा सूचिकृत पाटन दरबार परिसरमा आइतबारदेखि अनुमतिबिना कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ।

ललितपुर महानगरपालिकाले ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न उक्त नियम लागू गर्न लागेको हो ।

आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने पाटन दरबार क्षेत्र सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ।

तर पछिल्लो समय दरबार परिसर भित्र उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, भिक माग्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्ने गरिएकाले उक्त नियम लागू गरिएको महानगरले जनाएको छ ।

साथै चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न र तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न पनि रोक लगाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।