बागमती प्रदेशसभाका सदस्यहरूको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ खुवाएका थिए। 

७२ वर्षीय ढुंगानाले नेपालको संविधानको धारा १८२ ९५० र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ ९१० बमोजिम बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट बुधबार नै ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका थिए । 

बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन्। आज १०९ सांसदले शपथ ग्रहण गरेका हुन्। जसमध्ये १५ सांसदले मातृभाषामा शथप लिएका छन्।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।