कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् । 

संसदीय दलको   निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई  ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने  बहादुरसिंह लामा २१ मल ल्याएका छन् । 

दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान  गरेका थिए । 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।