माओवादी केन्द्र प्रदेश १ संसदीय दलकाे नेतामा आङ्बो सर्वसम्मत चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर। प्रदेश १ को प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पाँचथर क्षेत्र नं १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन । उनि प्रदेश सरकारका बर्तमान आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुन ।

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सभा सदस्य नारायणबहादुर मगरको अध्यक्षतामा मंगलबार बसेको बैठकले दलको नेतामा आङ्बोलाई चयन गरेको हो ।

बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पार्टीका पोलिटब्यूरो सदस्य सावित्रीकुमार काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्लगायतको उपस्थति रहेको थियो ।

प्रदेश सभामा माओवादी केन्द्रको तर्फबाट १३ जना प्रदेश सभा सदस्य रहेका छन् । नवनिर्वाचित दलका नेता आङ्बोले आफ्नो पार्टीले प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त भए मुख्यमन्त्री हुने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।