संसदीय दलकाे नेता चयनका लागि अपरान्ह ४ बजे बैठक बस्दै माओवादी केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । 

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रले अपरान्ह ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चयन हुने निश्चित जस्तै छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो ।

माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेलगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरिसकेका  छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।