यू-२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले आज बांग्लादेशसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बांग्लादेशमा पहिलोपटक आयोजना हुन लागेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज बांग्लादेशसँग उद्घाटन खेल खेल्दै छ। 

सेन्ट्रल जोन भलिबल संघ (काभा)ले इतिहासमै पहिलो पटक गर्न लागेको यो प्रतियोगिताको पहिलो संस्करणमै स्वर्णको लक्ष्यमा रहेको नेपालले बलियो टोलि बांग्लादेशसँग खेल्न लागेको हो। यी दुईबीचको खेल नेपालीसमय अनुसार बेलुका चार बजे हुनेछ। 

प्रतियोगितामा नेपालले दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा चार टोलिको सहभागीता  रहेको छ।

नेपाली टिमः

धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ (लिवेरो)।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।