ज्येष्ठ सदस्य राणाकाे आह्वानमा बिहान ११ बजे सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन।

राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्‍को सचिवालय पुग्नुभएका राणाले आज (बिहीबार)  बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन।

संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ।

बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउने कार्यतालिका रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।