एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेले आफ्ना सांसदहरुलाई नेपाली भाषामै शपथ लिन  ह्वीप जारी गरेको छ । बिहीवार हुन लागेको सपथ ग्रहण नेपाली भाषामै लिन र राष्ट्रिय पोशाक अनिवार्य गरेको हो । 

कतिपय सांसदले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिने तायारी गरेपछि एमालले ह्वीप जारी गरेको हो । 

संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।