नेपाली कांग्रेसले निर्वाचनकाे फाइदा लियो : माधव कुमार नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचनमा कांग्रेसले फाइदा लिएको बताएका छन्।

अन्य दलहरूले नोक्सानी ब्यहोर्दा पनि कांग्रेसलाई फाइदा पुगेको उनले दाबी गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद्हरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेपालले उक्त धारणा राखेका हुन्।

‘निर्वाचन प्रणाली आफैंले पनि र निर्वाचन परिणामले पनि कुनै एउटा दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन। अझै भन्ने हो भने अरु जम्मै पार्टीले नोक्सानी ब्यहोरे, फाइदा लियो नेपाली कांग्रेसले। त्यो स्वभाविक थियो। केही नयाँ शक्ति पनि उदाएका छन्। यो सबै सन्दर्भमा हामी नयाँ ढंगले समीक्षा समीक्षा गरौं’, नेपालले भने।

यस्तै, उक्त पार्टीले पुष ५ गतेसम्ममा सबै प्रदेशहरुलाई निर्वाचन समीक्षा प्रतिवेदन पेस गर्न निर्देशन गरेको छ। त्यस्तै, गठबन्धन दलभित्र यसलाई थप बलियो बनाएर जाने छलफल भएको पनि नेता नेपालले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।