प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने सचिवालयको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे हुने भएको छ । 

संघीय संसद् सचिवालयले पुस ७ गते मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथको तयारी गरेको हो । प्रतिनिधिसभाका २ सय ७५ सांसद निर्वाचित हुने व्यवस्था छ । संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। 

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराइनेछ । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।

सचिवालयका अनुसार नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि उनले आफ्नो वास्तविक उमेर त्योभन्दा कम भएकोले शपथ गराउन नैतिक रुपमा नमिल्ने स्पष्ट पारेका छन । त्यसैले राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ । उनि ८१ वर्षका हुन । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।