नवनिर्वाचित सांसदलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारीमा एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने  तयारी गरेको छ । आउँदो मङ्गलवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने कार्यक्रम तय भएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिइने छ । संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टी नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तयारी भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा ७८ सिट जितेको एमालेमा २९ जना पहिलो पटक सांसद बनेका छन् ।

सोमबार समानुपातिक तर्फबाट सांसद भएकाहरुले प्रमाणपत्र बुझ्दै छन् । एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।