कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै,यस्ता छन एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू हुनुहुन्छ। कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।

कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुन्छ। पार्टीका धेरै सांसद संसदीय दलको नेताका लागि इच्छुक भएकोले चुनाव हुन सक्ने देखिएको छ।

सभापति शेरबहादुर देउवा पुन: दल नेता हुन खोजेका छन् भने महामन्त्री गगन थापा पनि दल नेता बन्न खोजेका छन्। सँगै रामचन्द्र पौडेल र शेखर कोइराला पनि संसदीय दलको नेतामा चुनाव उठ्न खोजेको चर्चा हुने गरेको छ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको छ। उक्त प्रमाण  पत्र बुझेपछि कांग्रेसले संसदीय दलको नेता चयन गर्न तयारी थाल्ने बताएको थियो। अब केही दिनमा कांग्रेसले संसदीय दलको नेता चयन गर्नेछ।

संसदीय दलको नेता प्रधानमन्त्री उम्मेदवार हुन पाउँने कांग्रेसकाे विधानमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।