स्थानीय तहको कामकारबाही पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन । 

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीयत तह सर्वसाधारणको नजिकको सरकार भएकाले नागरिकप्रति नै बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका हुन । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको समेत बताए । 

उनले ललितपुर महानगरपालिकाले जनताको अपेक्षाअनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुनेगरी काम गरेको भन्दै प्रशंसा गरे । 

महानगरपालिकाभित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव भएकोले यसलाई संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।