‘जनअपेक्षालाई नेताहरूले दिएकाे धाेकाका कारण कम्युनिष्टप्रतिकाे जनविश्वास घट्याे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो । 

‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख भएको बताउँदै पुनर्गठनको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिष्टहरू, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील तप्का एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाका लागि नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा भएको पटक–पटकका आन्दोलन तथा क्रान्तिमा नेताहरूले धोका दिएको र ठूला भनिएका कम्युनिष्ट पार्टीहरू सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत टिप्पणी गर्नुभयो ।

नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर भएका कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरू बलियो बन्दै गएको छ भन्नुभयो । कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरूले धोका दिएकाले जनविश्वास घट्दै गएको उहाँको भनाइ थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।