नयाँ पार्टी खोल्दैछौं, छलफल चल्दैछ: प्रभु साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एमाले त्यागेर स्वतन्त्रबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रभु साहले अलग्गै दल खोल्ने तयारी गरेका छन् । उनले छुट्टै दल खोल्नका लागि पार्टीको प्रस्तावित नाममा छलफल भइरहेको बताएका छन् ।

उनका अनुसार, अन्य प्रस्तावित नाममा छलफल भए पनि हाललाई प्रस्तावित दलको नाम आम जनता पार्टी नै हुन सक्ने साहको दाबी छ ।  चुनावमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेपछि रुष्ट बनेका पूर्व मन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका  थिए । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । यसअघि शाहले २०६८ र २०६९ मा क्रमशः कानुन मन्त्री र भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।