स्थानीय बासिन्दाको विरोधका कारण जोरपाटी साँखु सडक खण्ड ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डाै   ।  काठमाण्डौको जोरपाटी साँखु सडक खण्ड ठप्प भएको छ । थलीमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् ।

सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।

सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् । विरोध प्रदर्शन भइरहेकाले यो सडक खण्ड हुँदै ओहोरदोहोर गर्ने गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।