सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको बताइएको छ । बैठकले संसदीय दलको विधान पनि पारित गरेको जानकारी गराइएको छ ।

यसका साथै जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । जानकारी अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार विनीताकुमारी सिंह, अनिता साह, सोनु मुर्मुर, अब्दुल खान र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।